२०८३ असोज ४ गते आइतवार

जंगली च्याउ खाँदा रुकुम पश्चिममा पाँच जना बिरामी

रुकुम,असार २९ । रुकुम पश्चिममा जङ्गली च्याउ खाँदा पाँच जना बिरामी भएका छन् ।

बाँफिकोट गाउँपालिका ७ मग्मा नदुवाका आशिराम खत्रीसहित पाँच जना बिरामी भएका हुन् ।

मङ्गलवार बेलुका जङ्गलबाट ल्याएको च्याउ खाँदा पाँच जना बिरामी भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ ।

आशिराम खत्रीसहित उहाँकी श्रीमती कुमारी, छोरा शेरबहादुर, छोरी धनमाया र भान्जा निमबहादुर खत्री बिरामी भएको प्रहरी नायब उपरीक्षक ९डीएसपी० विष्णुकुमार सोतीले जानकारी दिए ।

बिरामी मध्ये छोरा शेर बहादुर र छोरी धनमाया बोल्न नसक्ने अवस्थामा रहेको प्रहरीले जानकारी दिएको छ । अन्य तीन जना भने सामान्य अवस्थामा छन् ।

प्रकाशित मिति : २०७९ असार २९ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *