२०८३ असोज ४ गते आइतवार

तुलसी गौशालाको प्रथम साधारण सभा

छाडा चौपाया व्यवस्थापनका लागि पालिकाले बजेटको सुनिश्चितता गर्छ ः नगरप्रमुख खड्का

तुलसीपुर असार २७ । तुलसी गौशाला तथा सरसफाई व्यवस्थापन बहुउद्देश्यीय सहकारी संस्थाको प्रथम साधारण सभा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष वीरबहादुर भण्डारी ‘मोहन’को अध्यक्षता एवम नगरप्रमुख टीकाराम खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ । तुलसी गौशालामा तीन सय गाईगोरु रहेका छन् ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ अम्बापुरमा रहेको गौशालामा विभिन्न व्यक्ति,संघ संस्था, वडा कार्यालय, तुलसीपुर उपमहानगरपालिका,प्रदेश सरकारले सहयोग गरेका छन् ।

तुलसीपुर उपमहानगरपालिकाले गौशाला हेरालुको तलब र गाईका लागि आवश्यक पर्ने घाँस परालका लागि समेत बजेट व्यवस्थापन गर्दै आएको छ ।

कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख टीकाराम खड्काले छाडा चौपाया व्यवस्थापनका लागि पालिकाको तर्फबाट बजेटको सुनिश्चितता गरिने बताए । गौ संरक्षणका लागि पालिकास्तरको प्रयासमात्रै नभई राष्ट्रिय जनावर भएकाले सबैको सहयोग साथ अनिवार्य रहेको बताए ।

कार्यक्रममा विशिष्ट अतिथि प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेलले हिन्दु सनातन परम्परामा गौ पालनलाई विशेष अध्यात्मसंग जोडिएकाले गौ पालनमा लाग्ने संस्थालाई सबैले प्रोत्साहन गर्नुपर्ने बताए ।

कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसे,पूर्व अध्यक्ष विमल रिजाललगायतका वक्ताहरुले बोलेका थिए । २०७६ साउन महिनादेखि सहकारीले गौशाला सञ्चालनमा ल्याएको थियो ।

तुलसीपुर उपमहानगरपालिकामा वडा नम्बर १३ अम्बापुर र वडा नम्बर १८ बेलझुण्डीमा गौशाला रहेका छन् । कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष हरिहर पौडेलले गरेका थिए ।

प्रकाशित मिति : २०७९ असार २७ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *