२०८३ बैशाख १९ गते शनिवार

जलौरामा कारको ठक्करबाट पैदल यात्रुको मृत्यु

दाङ, असार २७ । दाङमा कारको ठक्करबाट एक पैदलयात्रुको मृत्यु भएको छ ।

घोराही उपमहानगरपालिका वडा नं. – १० जलौराचोकमा कारको ठक्करबाट स्थानीय २५ बर्षीय देवराज चौधरीको मृत्यु भएको छ ।

जिल्ला प्रहरी प्रबक्ता डिएसपी मुकुन्दप्रसाद रिजालका अनुसार नारायणपुरबाट पूर्व घोराहीतर्फ जाँदै गरेको बा ०१ –०२५ च ७७६४ नम्बरको कारले चौधरीलाई राति पौने १० बजेतिर ठक्कर दिएको थियो ।

घाइते चौधरीलाई उपचारका लागि घोराहीस्थित राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा लगिएको थियो । उनको उपचारका क्रममा राति साढे १० बजेतिर मृत्यु भएको डिएसपी रिजालले बताए ।

चौधरीको शब पोष्टमार्टमका लागि प्रतिष्ठानमा राखिएको छ । चालक प्रहरी नियन्त्रणमा रहेका छन् ।

प्रकाशित मिति : २०७९ असार २७ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *