दाङ,असार २५ । दाङमा जंगली च्याउ खादा ६ जना बिरामी परेका छन ।
शनिबार बिहान स्थानिय जंगलमा च्याउ खोजेर ल्याएका उनीहरुले पकाएर खाएको केहि समयमा बिरामी भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
बिरामी पर्नेमा घोराही उपमहानगरपालिका ११ खैरा बस्ने ४२ वर्षीय भोला विसी,छोरी २० वर्षीया सोनु विसी र १५ वर्षीया पविता विसी रहेका छन ।
त्यसैगरी विषादी च्याउ खाएर घोराही १२ हापुर बस्ने ४२ वर्षीय लाल बहादुर बस्नेत,श्रीमती ४० वर्षीया सान्ता बस्नेत र छोरा १६ वर्षीया समिर बस्नेत रहेको प्रहरीले बताएको छ ।
उनीहरु सबैको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको प्रहरीले जानकारी दएको छ । विरामी परिवार मध्य लाल बहादुरको परिवार गम्भीर विरामी परेको प्रहरीले बताएको छ ।
प्रकाशित मिति : २०७९ असार २५ गते शनिवार
