२०८३ असोज ५ गते सोमवार

नयाँ पाइलाद्धारा दिदी घर संस्थालाई खाद्यान्न सामाग्री सहयोग

तुलसीपुर,असार २१ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ मा रहेको नयाँ पाइला पुर्नस्थापना केन्द्रले दिदी घर संस्थालाई खाद्यान्न सामग्री सहयोग गरेको छ ।

मंगलवार तुलसीपुर ६ मा रहेको दिदि घर संस्थामा पुगि सामाजिक उत्तरदायित्व अन्तरगत दाल, चामल, नुन, तेल, गेडागुडी, बिस्कुट, भुजा,नमकिन,साबुन लगाएतका सामाग्रीहरु सहयोग गरिएको संस्थाका निर्देशक सुरेश भुसालले जानकारी दिए ।

तुलसीपुर ६ मा रहेको दिदी घरमा २४ जना बालिका रहेका छन् ।

संस्थाका निर्देशक सुरेश भुसालले बालबालिकाहरुका लागि आवश्यक पर्ने खाद्यान्न सामग्री, शैक्षिक सामग्री आगामी दिनहरुमा सहयोग गर्दै जाने बताए ।

दिदी घरकी सञ्चालिका स्यानी चौधरीले धन्यवाद ज्ञापन गरेकी थिइन् । तुलसीपुर १९ मा रहेको पुर्नस्थापना केन्द्रले विभिन्न सामाजिक सेवामा काम गर्दै आएको छ ।

प्रकाशित मिति : २०७९ असार २१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *