२०८३ असोज ५ गते सोमवार

तुलसीपुरमा मोटरसाइकलको ठक्करबाट १७ बर्षीया किशोरी गम्भीर घाइते


तुलसीपुर, असार १७ । तुलसीपुरमा मोटरसाइकलको ठक्करबाट एक किशोरी गम्भीर घाइते भएकी छिन् ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ की १७ बर्षीया शान्ता खड्कालाई रा ५ प ८७८४ नम्बरको मोटरसाइकले शुक्रबार दिउँसो दुई बजे ठक्कर दिएको थियो ।
पैदल यात्रु खड्कालाई पश्चिबाट पूर्व तुलसीपुर बजारतर्फ आउँदै गरेको मोटरसाइकलले ठक्कर दिदा टाउको लगाएतका भागमा गम्भीर चोटपटक लागेको छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालका अनुसार घाइते खड्कालाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा प्रारम्भीक उपचार पछि थप उपचारका लागि दिउँसो नै बाँकेको नेपालगञ्जका लागि रिफर गरिएको छ ।

प्रकाशित मिति : २०७९ असार १७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *