तुलसीपुर,असार ११ । लायन्स क्लव अफ तुलसीपुर इसानको पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।
शनिवार एक कार्यक्रमका बिच लायन्स क्लव अफ इसान दाङको वर्ष २०२२÷२३ को लागि नयाँ कार्यसमितिलाई पद हस्तान्तरण गरिएको हो ।
लायन्स क्लव अफ इसान दाङ वर्ष २०२२÷०२३ को अध्यक्षमा प्रेम प्रकाश गिरी चयन भएका छन ।
त्यस्तै क्लवको प्रथम उपाध्यक्षमा ऋषी भण्डारी,दितृय उपाध्यक्षमा हरि भुसाल,रमेश रेग्मी,कर्णबहादुर पुन,सुरेश बस्नेत,सविन भण्डारी,सचिवमा सुनिल खनाल,सहसचिवमा सुधन शर्मा, कोषाध्यक्षमा दिपक केसी र सहकोषध्यक्षमा केशव न्यौपाने चयन भएका छन ।
त्यस्तै क्लवको मेम्वर चिफ चियर पर्सनमा भविश्वर भट्राई,क्लव एलसिआइएफ कोडिनेटरमा शरद शर्मा,क्लव सर्भिस चियर पर्सन रमेश डिसी,क्लव मार्केटिङ् लक्ष्मण खरेल,क्लव डाइरेक्टर प्रेम केसी,क्लव एडभाइजर खगेन्द्र पोख्रेल,मानबहादुर गुरुङ,दोलख केसी,टोप वहादुर घर्ति,जित बहादुर केसी र पहल बहादुर रोकाए चयन भएका छन ।
लायन्स क्लव अफ इसान दाङका वर्ष २०२१÷०२२का अध्यक्ष बुद्धप्रकाश सिहंको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्का लायन्स क्लबले समाज सेवाम उदाहरणीय कार्यहरु गरेको भन्दै प्रशंसा गरे ।
त्यस्तै लायन्स क्लव इन्टरनेशनल डिस्ट्रीक ३२५ टु गर्भनर बिनोद कुमार श्रेष्ठले लायन्स क्लवहरु समाजप्रति उत्तरदायि हुनुपर्ने जोड दिए । उनले समाज प्रति केही गछौं भन्ने उद्देश्यका साथ यस क्षेत्रमा लागेको हुँदा हरेक समुदायसँग सहकार्य गरेर अगाडी बढ्न जरुरी उनले बताए ।
सो अवसरमा एरिया चिफ लायन टेकन कंडेल, चेम्बर लायन्स क्लब अफ दाङका बर्ष २०२२/२३का अध्यक्ष भोजराज न्यौपाने, कमर्श तुलसीपुरका अध्यक्ष टाेपबहादुर घर्ती,
लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।
उक्त कार्यक्रमको सहजीकरण २०२१/२१ का सचिव रमेश रेग्मीले गरेका थिए ।