२०८३ मङ्सिर १० गते बुधवार

उपाध्यक्षका देवरको मृत्युमा गाउँपालिकाभरी सार्वजनिक विदा

रुपन्देही,असार ५ । रुपन्देहीको मर्चवारी गाउँपालिकाको उपाध्‍यक्षको देवर नाता पर्ने व्‍यक्तिको मृत्‍युमा गाउँपालिकाभरी सार्वजनिक विदा दिइएको छ ।

गाउँपालिकाले आइतबार एक विज्ञप्ति जारी गर्दै गाउँपालिकाको उपाध्यक्ष आशा सिंहको देवर नाता पर्ने व्‍यक्तिको आइतबारै सवारी दुर्घटनामा मृत्‍यु भएपछि सार्वजनिक विदाको दिइएको जनाएको छ ।

गाउँपालिकाका अध्‍यक्ष गया प्रसाद बरईद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘‍‘मिति २०७९/३/०५ गतेका दिन यस का कार्यालय लगायत सम्पूर्ण वडा कार्यालयहरु, सामुदायिक तथा निजी विद्यालयहरु तथा अन्‍य संघ संस्थाहरु समेत बन्द रहने व्‍यहोरा यसै सूचनाद्वारा जानकारी गराइन्छ ।’

प्रकाशित मिति : २०७९ असार ५ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *