२०८३ बैशाख १८ गते शुक्रवार

भत्कियो बबईको मठेउरा पुल


दाङ,असार ४ । दाङको बबई नदीमा बनाइएको पुलको संरचना भत्किएको छ ।

बबई गाउँपालिका–७ मठेउरादेखि रावततरा जोड्ने नवनिर्मित पुलको संरचना भत्किएको हो ।

पुलको सुरक्षाका लागि लगाइएको तारजाली सबै भत्किएको छ । मापदण्ड अनुसार तारजाली नलगाइँदा बनाइका संरचनाहरू भत्किएको स्थानीयको भनाई छ ।

मनसुन सुरु नहुँदै नवनिर्मित संरचनाहरू भत्किँदा वर्षायाममा जोखिम बढेको उनीहरूले बताए ।

केही महिना पहिलेमात्र निर्माण सम्पन्न पुलको हालसम्म उद्घाटन समेत भएको छैन ।

२०७२ सालदेखि निर्माण सुरु भएको पक्की पुल निर्माणको काम केही समयपहिले सम्पन्न भएको थियो ।

निर्माणाधीन क्रममा बाढीले पुल भत्काएपछि नयाँ डिजाइनमा पुनःनिर्माण गरिएको थियो ।

प्रकाशित मिति : २०७९ असार ४ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *