२०८३ असोज ५ गते सोमवार

सल्यानमा वनमा लागेको आगो निभाउने क्रममा एक जनाको मृत्यु

सल्यान,असार ४ । सल्यानमा वनमा लागेको आगो निभाउने क्रममा एक जनाको मृत्यु भएको छ ।

जिल्लाको सिद्ध कुमाख गाउँपालिका ३ डाडाँकटेरीका अन्दाजी ५७ वर्षीय दल बहादुर बुढाथोकीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिए।

दुबेरीचौर सामुदायिक वन र हलुवारे सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा आगोको लप्काले जलेर उनको मृत्यु भएको सिद्ध कुमाख गाउँपालिका ३ का वडाअध्यक्ष जीवराज बोहोरालाई उद्धत गर्दै डिएसपी खड्काले जानकारी दिए।

उनका अनुसार बुढाथोकी खोटोको काम गर्ने भएका कारण खोटोको बाकस बचाउने क्रममा शनिबार दिउँसो आगोमा परेर मृत्यु भएको हो।

घटनाको अनुसन्धानका लागि जिल्लाबाट प्रहरी निरीक्षकको टोली घटनास्थल पुगेर अनुसन्धान गरिरहेको प्रहरीको भनाई छ।

प्रकाशित मिति : २०७९ असार ४ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *