२०८३ असोज ७ गते बुधवार

सुर्खेतमा ट्रकले च्यापेका दुबैको मृत्यु


दाङ,असार ४ । दाङबाट गएको ट्रक सुर्खेतमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा ट्रका चालक रुकुम पश्चिमको आठबिसकोट नगरपालिका – ११ का २४ वर्षीय भीमबहादुर नेपाली र जाजरकोट नलगाढ नगरपालिका – १२ बस्ने २४ वर्षेकै मिलन गुरूङ रहेका छन् ।

शनिबार बिहान ना ४ ख ९७६१ नम्बरको मालबाहक ट्रक सुर्खेतको गुर्भाकोट नगरपालिका –९ स्थित भालुखोला चौपारी डाँडामा दुर्घटनामा परेको थियो ।

जसमा परि उनीहरु दुबै जना च्यापिएका थिए । ट्रकमुनी च्यापिएका उनीहरुको प्रहरीले क्रेनको मद्दतबाट शव निकालेको थियो ।

ट्रक सडकभन्दा ५० मिटर तल खसेको थियो। दाङबाट सिमेन्ट र छड बोकेर जाजरकोटका लागि छुटेको थियो ।

प्रकाशित मिति : २०७९ असार ४ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *