२०८३ बैशाख १८ गते शुक्रवार

रोल्पामा साइकलसहित भिरबाट लडेका २१ बर्षीय युवकको मृत्यु

दाङ, असार ४ । रोल्पामा साइकलसहित भिरबाट लडेका युवकको मृत्यु भएको छ ।

रोल्पाको परिवर्तन गाउँपालिका वडा नं.५ खेसाबाङका २१ बर्षीय दिनेश वली साइकलसहित भिरबाट करिब तीन सय मिटर तल खसेका थिए ।
शुक्रबार बेलुका साढे ६ बजेतिर बाटोमा साइकल चलाउने क्रममा अनियन्त्रित भइ भिरबाट साइकलसहित खसेका वलीको गम्भीर अवस्थामा उद्धार गरिएको थियो ।


स्थानीय मेडिकलमा प्रारम्भीक उपचार पछि थप उपचारका लागि जिल्ला अस्पताल रेउघा तर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएसपी बिनोद घिमिरेले जानकारी दिए ।

वलीको शब पोष्टमार्टमका लागि जिल्ला अस्पताल रेउघामा राखिएको छ ।

प्रकाशित मिति : २०७९ असार ४ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *