२०८३ असोज ४ गते आइतवार

प्यूठानमा गाडी दुर्घटना हुँदा १ जनाको मृत्यु

प्युठान,असार १ । स्वर्गद्वारी दर्शनका लागि श्रद्धालु बोकेर आएको गाडी दुर्घटना हुँदा प्यूठानमा एक जनाको मृत्यु भएको छ ।

स्वर्गद्वारी दर्शन गरी फर्कने क्रममा दुर्घटना हुँदा एक जना भारतीय नागरिकको मृत्यु भएको हो ।

भारतीय श्रद्धालु चढेको पीबी १० जीजेड ०२७९ नम्बरको भारतीय गाडी दुर्घटना हुँदा भारत उत्तर प्रदेशका ५८ वर्षीय बाक्की नाउको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी निर‍ीक्षक लालबहादुर विकले जानकारी दिए ।

दुर्घटनामा अन्य दुई जना गम्भीर घाइते भएको र उनीहरूलाई थप उपचारका लागि भैरहवा रिफर गरिएको छ । गाडीमा सवार अन्यको अवस्था सामान्य रहेको छ । गाडीमा २७ जना सवार थिए ।

गाडी स्वर्गद्वारी नगरपालिका ४ घडेरी भन्ने स्थानमा ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

यस्तै स्वर्गद्वारी दर्शन गरेर फर्किंदै गरेको बीपी ५१ ई ४९८४ नम्बरको भारतीय गाडी स्वर्गद्वारीकै भिगृ जलुकेमा दुर्घटना भएको छ ।

दुर्घटनामा दुई भारतीय घाइते भएको प्रहरीले जनाएको छ । उनीहरूको पनि उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७९ असार १ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *