तुलसीपुर,जेठ २४ । तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्थानी चौधरीले भूह्यार थान निर्माणको लागि व्यक्तिगत रुपमा सहयोग गरेकी छिन् ।
उनले मंगलबार भूह्यार थान निर्माण गर्नको लागि व्यक्तिगत रुपमा ४० हजार रुपैयाँ सहयोग गरेकी हुन् ।
तुलसीपुर उपपमहानगरपालिका वडा नं.१७ बनकट्टीमा भूह्यार थानका निर्माण गर्नको लागि सोही गाउँका महटवा सन्तोष चौधरीलाई उपप्रमुख चौधरीले ४० हजार रुपैयाँ सहयोग गरेकी हुन् ।
थारु जातीले पुर्खौ देखि मान्दै आएको भूह्यारको संरक्षण गर्नको लागि आफुले व्यक्तिगत रुपमा सहयोग गरेको उपमेयर चौधरीले बताईन् ।
प्रकाशित मिति : २०७९ जेष्ठ २४ गते मङ्गलवार