नेपालगन्ज, बैशाख २७ । नेपाली कांग्रेस सहित गठबन्धनका तर्फबाट नेपालगन्ज उपमहानगरपालिकामा नगर प्रमुख पदका उम्मेदवार प्रशान्त विष्टले भारत्तोलनकी खेलाडी सञ्जु चौधरीको निधनप्रति दुःख ब्यक्त गरेका छन् ।
१३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताकी स्वर्ण पदक विजेता चौधरी ललितपुरमा मृत अवस्थामा फेला परेकी थिइन ।
बाँकेको राप्ती सोनारी गाउँपालिका निवासी सञ्जुको निधनले आफुलाई निकै स्तब्ध बनाएको र त्यसले बाँके तथा समग्र देशले एउटा प्रतिभावान खेलाडी गुमाएको विष्टले बताए ।
‘राष्ट्रले एउटा हिरा गुमाएको छ,’ उनले भने ‘ म सञ्जुप्रति हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्दछु।’
प्रकाशित मिति : २०७९ बैशाख २७ गते मङ्गलवार