२०८३ बैशाख १६ गते बुधवार

माओवादी केन्द्रका सम्मरीमाई गाउँपालिका अध्यक्ष देवान कांग्रेस प्रवेश

बुटवल,बैशाख ९ । नेकपा माओवादी केन्द्र सम्मरीमाई गाउँपालिकाका अध्यक्ष सहाबुद्दिन देवान आफ्नो टिम सहित नेपाली कांग्रेस प्रवेश गरेका छन् ।

शुक्रबार एक कार्यक्रमका बिच रुपन्देही क्षेत्र नम्बर ४ का सांसद एवा नेपाली कांग्रेसका नेता प्रमोद यादवले देवानको टिमलाई कांग्रेस प्रवेश गराएका हुन् ।

देवान संगै नेकपा माओवादी केन्दसम्मरीमाई गाउँपालिकाका उपाध्यक्ष अहमद हुसेन देवान (जाकिर), अदहम अलि देवान बुलबुलले पनि नेपाली कांग्रेसको सदस्यता लिएका छन् ।

मुस्लिम मुक्ति मोर्चाका रुपन्देही अध्यक्ष समेत रहेका माओवादी नेता देवानले माओवादीमा ३० बर्ष देखी काम गरेको र अहिले पार्टीमा बेईमानी र पूंजिवाद हावी भएको हारोप लगाए ।

उनले अहिले माओवादीले पूंजिवादको दबावमा परेर टिकट बिक्रि बितरण गरिरहेको आरोप लगाए । मर्चवार क्षेत्रमा नेपाली कांग्रेसका नेता प्रमोद यादवको नेतृत्वमा कांग्रेस पार्टीले राम्रो काम गरिरहेकोले आफुले कांग्रेस रोजेको उनको भनाई छ ।

पार्टी प्रवेश कार्यक्रममा प्रतिनिधि सभा सदस्य प्रमोद यादवसंगै प्रदेश सभा सदस्य अष्ठभुजा पाठक, नेपाली कांग्रेस रुपन्देहीका उपाध्यक्ष थानेश्वर घिमिरे, क्षेत्र नम्बर ४ का सभापति मुकेश यादव लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २०७९ बैशाख ९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *