२०८३ असोज २८ गते बुधवार

गुल्मीमा एसईई परीक्षामा ८१ जना विद्यार्थी अनुपस्थित

गुल्मी,बैशाख ९ । गुल्मीमा शुक्रबार माध्यमिक शिक्षा परीक्षा ९एसईई० को पहिलो दिनको परीक्षामा ८१ जना विद्यार्थी अनुपस्थित भएका छन् ।

‘परिक्षामा सहभागि हुनु पर्ने विद्यार्थीको संख्या चार हजार ९२३ जना थियो, त्यसमध्ये आज पहिलो दिन ४ हजार ७२० जना विद्यार्थी सहभागि भएका छन्, शिक्षा विकास तथा समन्वय इकाई कार्यालय गुुल्मीका प्रमुख लोकनाथ मरासीनीले भने–‘ नियमिततर्फ ७५ जना र ग्रेड बृद्धि तर्फ ७ जनासहित ८१ जना विद्यार्थी अनुपस्थित भएको रिर्पोट प्राप्त भएको छ । ’ उनका अनुसार गुल्मीमा ग्रेड बृद्धिको परीक्षा दिने २३ जना छन् ।

जिल्लामा परीक्षा शान्तिपूर्वक र मर्यादित ढंगबाट भएको प्रमुख मरासीनीको भनाइ छ । एसईईमा सहभागी हुने जिल्लाका १४० वटा विद्यालय रहेका छन् । जसमा १६ वटा प्राविधिक विद्यालय छन् । यस वर्षको एसईईमा गुल्मीदरबार गाउँपालिका चारपालाको ठुलापोखरा माध्यमिक विद्यालय थपिएको छ । उक्त विद्यालयबाट १४ जना परीक्षार्थी रहेका छन् ।

यस्तै १५ जना विद्यार्थी एसईई दिनबाट वञ्चित भएका छन् । ७५ प्रतिशत हाजिरी नपुगेका तथा आवेदन फारम भरेर पनि राजस्व नबुझाएका कारण विद्यार्थीहरु परीक्षा दिनबाट बञ्चित भएको प्रमुख मरासिनीले बताए । जिल्लाका विभिन्न परीक्षा केन्द्रको अनुुगमनमा पुगेका प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौड्यालले आफूले अनुगमन गरेका परीक्षा केन्द्रमा परीक्षा शान्त र मर्यादित भएको बताए ।

परीक्षालाई व्यवस्थित र मर्यादित बनाउनका लागि जिल्लाका विभिन्न स्थानमा २७ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । परीक्षा संचालन हुने विद्यालयको प्रधानाध्यापक स्वतः केन्द्राध्यक्ष हुने व्यवस्था छ ।

प्रकाशित मिति : २०७९ बैशाख ९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *