तुलसीपुर, चैत ७ । तुलसीपुरका दुई जना ब्यक्तिले आँफुहरु नेपाली काँग्रेसमै रहेको बताएका छन् ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. २ तकियापुरका टोल समिति अध्यक्ष जितबहादुर चौधरी र तुलसीपुर – ९ मैनाबगरका तिलकबहादुर खड्काले आँफुहरुका बिरुद्ध गलत प्रचारबाजी भइरहेको भन्दै आपत्ति जनाएका छन् ।
चौधरी र खड्काले छुट्टा छुट्टै बिज्ञप्ती मार्फत आफुहरु नेपाली काँग्रेसमै रहेको जानकारी दिएका हुन ।
उनीहरुले बिज्ञप्तीमा नेकपा एमालेका नेताहरुले झुक्याएर तथा भ्रम छर्न एमालेमा पार्टी प्रबेश गरेको भन्ने कुरा सत्य नभएको र आँफहरु नेपाली काँग्रेसमै रहेको उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २०७८ चैत्र ७ गते सोमवार
