२०८३ जेष्ठ ३१ गते आइतवार

सेतो कोट,सफा मन

सन्दर्भ ः ‘डाक्टर्स डे’

तुलसीपुर, फागुन २० । वालरोग विशेषज्ञ डा.किशोर खत्री यतिखेर आफ्नो चिकित्सकीय जीवनगाथाका पानाहरु पल्टाइरहेका छन् ।

विगतमा आफुले आफ्नो अस्पतालमा आएका विरामीलाई दिएको स्वास्थ्य उपचार र समुदायमा आफुले गरेका योगदानका पानाहरु आफ्नो डायरीमा कोरीरहेका छन् । कतै जस कतै असन्तुष्टी अनि कतै अझै अपूर्णता भेटाइरहेका छन् ।


शुक्रबार ७२औं राष्ट्रिय डाक्र्टस डे । नेपालमा विक्रम संबत २००७ शालदेखि डाक्टर्श डे मनाउन थालिएको हो । यही स्मरणमा ‘सेतो कोट सफा मन’ले विरामीहरुको सेवा गरि रहेको चिकित्सकका लागि गर्व गर्ने दिन हो । तर पनि केही व्यवस्थापकीय त केही प्राविधिक अप्रयाप्तताका कारण कहिकतै समस्या पनि झेल्नु परीरहेको छ, नेपाली चिकित्सकलाई ।


अस्पताल भवन बनेका छन् तर डाइग्नोसिस्का लागि उपयुक्त प्रयोगशाला छैन । प्रयोगशाला व्यवस्थापन भएकै स्थानमा रेडियोलोजी र प्याथोलोजी सेवा उपलव्ध छैन । दक्षता पनि प्रष्फुटन हुन नसक्नु एउटा समस्या हो । रोग पहिचान गर्नका लागि आवस्यक श्रोत साधन उपलव्ध हुन नसक्नु अर्को समस्या ।


डाक्टर खत्री भन्छन्,– ‘यही समस्याले हामी नेपाली चिकित्सकहरु अँध्यारो आकाशमा कौवा उडेजस्तै उड्न पनि विवश छौं । सेतो कोटमा सानो दाग लागेपनि पुरै खराव देखिन्छ ।’ चिकित्सकीय जीवन पनि त्यस्तै हो । सानो समस्याले पनि गम्भीर परिणाम निस्कन सक्छ र त्यसैले सेतो कोट जस्तै सफा मन लिएर सेवा गरिरहेका छन् चिकित्सक ।


‘हामी अन्तिम अवस्थासम्म पनि विरामीको ज्यान बचाउन निकै गम्भीर भएर लागीरहेका हुन्छौं । तर मृत्युपछि हामीले कहिल्यै जस पाउने अवस्था देखिंदैन’,– खत्री भन्छन्,’ – ‘यसमा समुदाय र स्वएंम चिकित्सकले पनि आत्मसमिक्षा गर्न जरुरी छ ।’

विरामीका अभिभावक र उपचारमा संलग्न चिकित्सकबीच निरन्तर सम्वादको अभाव अर्थात कम्युनिकेशन ग्यापका कारण समाजमा यस्ता परिघटनाहरु देखिने गरेका छन् । यसलाइ चिकित्सकहरुले चिर्नुपर्ने डा.खत्रीको सुझाव छ ।


चिकित्सकीय पेशा यस्तो मर्यादित र सर्वविश्वास प्राप्त पेशाा हो, तर पनि कही कतै चिकित्सकका विरोधमा ढुंगामुढा समेत भएको र स्वास्थ्य संस्थामा तोडफोडका घटनाहरु पनि भएका छन् ।

विश्वव्याधि कोरोना भाइरसको संक्रमण व्यापक भएको अवस्थामा पनि चिकित्सक तथा स्वास्थ्यकर्मीहरु माथि कहिकतै औला ठड्याउने काम भयो । तुलसीपुरकै एक जना मेसुमाथि कालोमोसो दल्ने सम्मका अमानविय क्रियाकलाप भए ।


‘यस्ता घटना अव कहिल्यै नदोहोरिउन्, मैले नेप्लिज डाक्टर्स डे अवसरमा आम जिल्लाबासीहरुमा आग्रह गर्दछु’, तुलसी अस्पतालका सञ्चालक डा। खत्री भन्छन् ‘सवैले विश्वास गरेको र धेरै अपेक्षा गरेको पेशा भनेकै चिकित्सकको पेशा हो । अपेक्षा धेरै हुनुकै कारण सानातिना चिकित्सकीय त्रुटिले पनि घातक परिणाम आउन सक्छ । यस्ता सवै विषयमा गम्भीर हुन पनि आजको डाक्टर्स डेले सन्देश प्रवाह गरोस ।’

विश्वलाइ कोरोना भाइरसका विभिन्न भेरियन्टले आबmमण गरिरहंदा कतिपय चिकित्सक र स्वास्थ्यकर्मीले आफ्नो जिउज्यानको चिन्ता नगरी पेशागत मर्यादा कायम गरि रहे ।

कैयौं चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले संक्रमणकै कारण ज्यान पनि गुमाए । ‘तर चिकित्सकहरुले कहिल्यै स्वास्थ्य संस्था चिकित्सक विहन बन्न दिएनन् । कोरोनाको धारमा बसेर विरामीको उपचारमा अहोरात्र खटिरहे’,– नागरिक समाजका अगुवा टीकाराम रेग्मी भन्छन्,’ चकित्सकले जानिजानी गलत उपचार कहिल्यै दोहो¥याउनु हुँदैन ।’


हो अस्पतालमा उपचाररत कतिपय विरामीको ज्यान जान्छ । तर मृत्यु हुने वा जन्मने ठाँउ भनेकै त अस्पताल हो । अस्पताल यात जन्मन, यात उपचारपछि निको हुन्छ । ‘अस्पताल यात उपचार संभव भएर मानिस घर फर्किन्छ या नभएपछि मृत्युवरण गर्नकै लागि त होनी,’ उनले भने ‘ गाइगोठमा त कसैको निधन हुदैन ।’

उनको बुझाईमा अस्पताल विरामीका लागि एउटा पवित्र मन्दीर हो, चिकित्स पवित्र पुजारी । नेपालभर शुक्रबार राष्ट्रिय डाक्टर्स डे मनाइ रहंदा चिकित्सकीय मर्यादा वाहिरकापनि केही समस्याहरु समाजमा व्याप्त हुन थालेका छन् । विरामीको आर्थिक अवस्था पहिचान गरेर मात्रै उपचार प्रक्रियामा जाने नीजि स्वास्थ्य संस्थाहरु पनि छन् ।

औषधिको कमिशनका कारण धेरै कम्पनीका औषधिहरु सिफारिस गर्ने चिकित्सक हुन् वा प्रयोगशालाका सामानहरुको प्रयोग बढाउनका लागि अनावस्यक परीक्षण गर्न लगाउने चिकित्सकहरु, नेप्लिज डाक्टर्स डे ले यो गलत प्रबृत्तिलाई निमिट्यान्न पार्न सकोस् ।

सामान्य रोगको उपचारका लागि नीजि अस्पताल पुगेका विरामीलाई पनि स्वास्थ्य संस्थामा उपलव्ध भएसम्मका सवै परीक्षणहरु गर्न लगाउने र अत्यधिक औषधि प्रयोग गर्न बाध्य बनाउने अस्वस्थ प्रतिस्पर्धालाइ हटाउनुपर्ने पनि नेपाल चिकित्सक संघ दाङले दिवसका अवसरमा जारी गरेको सन्देशमा उल्लेख छ ।
नेपाल चिकित्सक संघ दाङका उपाध्यक्ष समेत रहेका डा। खत्री भन्छन्,’–‘कुनैपनि विरामीको उपचारलाई संकाष्पद वाहेक अन्यत्रै डाइभर्ट गरेर अनावस्यक उपचार खर्चको भारी बोकाउनु नाजायज पक्ष पनि हो । यसमा सवै चिकित्सकलाई एक पटक आत्मसमिक्षा गर्न आग्रह गर्दछु ।’

विश्वव्याधिको अप्ठेरोमा पनि अहोरात्र विरामीको सेवा गरी आफ्नो सेतो कोट जस्तै सफा मनले उपचार गरी संक्रमणमा निधन समेत भएका समस्त चिकित्सक तथा स्वास्थ्य कर्मिहरुलाई पनि नेपाल एशोसियसन दाङले श्रद्धान्जली एवं समवेदना व्यक्त गरेको छ ।


‘डाक्टर्स ड’े को अवसर पारेर तुलसी अस्पतालले शुक्रवार विरामीहरुको ओपिडी सेवा निशुल्क गरेका छ । विहान ८ बजेदेखि २ बजेसम्म कुनैपनि ओपिडी शुल्क नलिने अस्पतालका अध्यक्ष डा.खत्रीले बताए ।

उनका शब्दमा अस्पतालले सामाजिक उत्तरदायित्वको भुमिका अन्तर्गत अशक्त र असहाय विरामीहरुका लागि उपचार खर्चमा सहुलियत तथा केहीको निशुल्क उपचार तथा शल्यक्रिया समेत गर्दै आएको छ ।

प्रकाशित मिति : २०७८ फाल्गुन २० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *