२०८३ बैशाख १३ गते आइतवार

बाँकेमा लिग फूटबल सुरु,ओशोनिक क्लबको विजयी सुरुवात


नेपालगन्ज, फागुन १५ । शनिबारदेखि सुरु भएको बाँके जिल्ला लिग फुटबल प्रतियोगितामा ओशोनिक क्लबले जित हासिल गरेको छ ।

ओशोनिकले मिलन युवा स्पोर्टस क्लबलाई ३–० ले हरायो । नेपालगन्ज रंगशालमा भएको खेलमा ओशोनिकलाई जित दिलाउन क्षितिज राना मगर, गोविन्द खड्का र गणेश बैगारले १–१ गोल गरे ।

क्षितिजले २५औं मिनेट, गोविन्दले ४५ र गणेशले ५०औं मिनेटमा गोल गरेका थिए । अर्को खेलमा धम्बोझी र कारकादो बिचको खेल १–१ को बराबरीमा सकिएको छ ।

धम्बोझीका लागि बुद्ध देव शाहीले नौं मिनेटमा गोल गरेका थिए । पछि कारकादोका सृजन बकीले ५१औं मिनेटमा गोल गदैं खेल बराबरीमा लगेका थिए ।

आयोजक बाँके जिल्ला फुटबल संघको आयोजनामा सुरु भएको जिल्ला लिग फुटबलको शनिबार एक समारोहमा बिच बाँके जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मोहित शाहले गरेका थिए ।

उद्घाटन कार्यक्रममा मध्यपश्चिम क्षेत्रिय खेलकुद विकास समिति लुम्बिनी प्रदेशका कार्यालय प्रमुख महेश शाह, जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासनिक अधिकृत राम कुमार सोनकर लगायतको उपस्थिती रहेको थियो ।

फागुनको ३० गते सम्म चल्ने लिग फुटबलमा बाँके जिल्ला फुटबल संघसँग आवद्ध ११ टिमले प्रतिस्पर्धा गर्नेछन ।

लिगमा सहभागी टिमलाई दुइ समुहमा विभाजन गरिएको छ ।
समुह ‘ए’ मा धम्बोझी, कारकाँदो, ओशोनिक, मिलन युवा, रेसिङ सहारा क्लब रहेका छन ।

यसैगरी समुह ‘बी’ मा मोडेल टिम, बुद्ध युवा क्लब, जय किसन स्पोर्ट क्लब, न्यु डाँफे स्पोर्टस क्लब, युनाइटेड युथ क्लब र नव दुर्गा युवा क्लब रहेका छन ।

लिग अन्तर्गत हरेक दिनको पहिलो खेल २ बजे र दोस्रो खेल ३ बजेर ३० मिनेटमा हुने आयोजकले जनाएको छ ।

लिगको विजेताले बाँके जिल्लाबाट लुम्बिनी प्रदेश लिग फुटबलमा सहभागिता जनाउने छ ।

प्रकाशित मिति : २०७८ फाल्गुन १५ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *