
तुलसीपुर,पुस १४ । नेपाल राहत शिक्षक दाङको पाचौ जिल्ला सम्मेलन हुने भएको छ ।
यहि पुस १६ गते घोराहीमा रहेको नेपाल पत्रकार महासघं दाङको सभाहलमा उक्त सम्मेलन हुन लागेको नेपाल राहत शिक्षक दाङका अध्यक्ष डिल्लीराज डिसीले जानकारी दिए ।
उनका अनुसार पाचौँ जिल्ला सम्मेलनको उद्धघाटन नेपाल राहत शिक्षक केन्द्रिय अध्यक्ष खेमराज अधिकारीले गर्ने कार्यक्रम तय भएको राहत शिक्षक तुलसीपुरका अध्यक्ष मेघराज घिमिरेले जानकारी दिए ।
साथै पुस १६ गते दिउंसो १२ः३० बजे सुरु हुने कार्यक्रममा उपस्थितीका लागि सम्पुर्ण राहत शिक्षकहरुलाई अनुरोध समेत गरिएको छ ।
प्रकाशित मिति : २०७८ पुष १४ गते बुधवार