२०८३ बैशाख १३ गते आइतवार

दाङ प्रदेशस्तरिय आइटिएफ तेक्वान्दोको च्याम्पियन

घोराही, पुस ११ । दाङ आइटिएफ तेक्वान्दो संघ लुम्विनी प्रदेशस्तरिय आइटिएफ तेक्वान्दोे प्रतियोगितामा च्याम्पियन बन्न सफल भएको छ । घोराही १४ स्थित कवर्ड हलमा दुई दिनसम्म चलेको प्रतियोगितामा १२ स्वर्ण, ४ रजत र ४ काश्य गरि २० पदक जित्दै दाङ च्याम्पियन बन्न सफल भएको हो ।

च्याम्पियन दाङले मेडलसंगै प्रथम ट्रफि तथा प्रमाणपत्र जितेको छ । त्यस्तै बाँकेको टिम दृतिय स्थान हासिल गर्न सफल भएको छ ।
उस्ले ९ स्वर्ण, ५ रजत र ६ काश्य जित्दै २० पदक जितेको हो । त्यस्तै गुल्मी जिल्लाले २ स्वर्ण, २ रजत र ६ काश्य गरि १० पदक जित्दै तेश्रो स्थानमा चित्त बुझायो ।

प्रतियोगितामा बर्दिया जिल्ला १ स्वर्ण, ५ रजत र ७ काश्य गरि १३ पदक, प्युठानको टिमले १ स्वर्ण, ३ रजत र ७ काश्य गरी ११ पदक, अर्घाखाँची जिल्ला ३ रजत र १० काश्य गरी १३ र कपिलवस्तुले ३ रजत र १० काश्य गरि १२ पदक जितेका थिए ।

प्रतियोगितामा महिलातर्फ दाङकी आयुष्मा गिरी र पुरुषतर्फ बाँकेका सोनु केवत उत्कृष्ट खेलाडी घोषित भए । उनीहरुले नगदसहित ट्रफि र सम्मानपत्र हात पारे ।

दाङकी आयुष्मा गिरी ११औं राष्ट्रिय जुनियर प्रतियोगितामा समेत स्वर्ण पदक जितेकी खेलाडी हुन । उक्त प्रतियोगितामा दाङलाई आयुष्मा गिरी, बिजय बुढा मगर, सन्तोष बुढामगर, पवन वली, अनिसा घिमिरे,सरिता नेपाली, अर्जुन नेपाली, सुरज बुढामगर, सञ्चीता पुन, संगीता खत्री, दीपिका गिरी र सृष्टि योगीले स्वर्ण पदक दिलाएको दाङ जिल्ला आइटिएफ तेक्वान्दो संघका अध्यक्ष भीमबहादुर थापाले जानकारी दिए ।

प्रतियोगितामा प्रदेशका २ सय ८० बढी खेलाडीको सहभागिता थियो ।

प्रकाशित मिति : २०७८ पुष ११ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *