तुलसीपुर, पुस ७ । वालवालिकाले उपयोग गर्ने साना केकका पिश राखिएको प्लाष्टिकको डव्वा खोल्नासाथ डुङडुङ दुर्गन्ध आइरहेको थियो । तर, पशल्की साहुनीले भनिरहेकी थिइन्– हिंजो मात्र ल्याएको जाडोमा तीन चार दिन चल्छ रे ।
तुलसीपुर उपमहानगरपालिकाको उपभोक्ता हित संरक्षण शाखाको समन्वयमा तुलसीपुर बजार अनुगमन गरीरहंदा तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ खर्चवा नजिकैको रुकुमेली खत्री पशलमा भेटिएको खाद्धान्नको अवस्था यही थियो ।
केक मात्र होइन, पशलमा राखिएको केराउको दाल किरै किराले खोक्रो पारेको, पाउ, तितौरा होकी रंगिन अरु कुनै बस्तु थाहैं नहुने अबस्थाको थियो । सोही वडाकै सल्यान रोडमापनि एउटा पशलमा डल्लो पारिएको भुजाको अवस्था त्यस्तै थियो । यहिकै उत्पादन डल्ले भुजा पाचवटा साना प्याकेट राखेर एउटा ठुलो प्याकेट बनाइएको अवस्थातामा फेला परेका थिए ।
प्रति पन्ध वटा भुजालाई भेलिमा मोलेका डल्ला कहिले उत्पादन भएका हुन ? कहिले सम्म खान मिल्ने हो ? त्यो कुरा उत्पादक कम्पनीले कही कतै उल्लेख गरेको पाइएन । सल्यान रोडकै अर्को पशलमा झुण्डाइएका रंगिविरंगी बस्तुलाई साहुनीले पाउ भन्थिन् ।
तर ती रंगिन पाउहरु कहाबाट खरिद भएको भन्ने साहुनीलाई नै जानकारी छैन । पाउमा न कम्पनीको नाम, न उपभोग मिति र उत्पादन मिति लेखिएको कुनै संकेत नै थियो । ‘साइकलवालेले वेच्न ल्याउंछन वालवालिकाले पाउ भनेर देखाइ देखाइ माग्छन्, हामीले त थाहा पाउने भनेको बेच्ने मोल मात्रै हो’, साहुनीले भनिन् । लोगो र लेवल नभएको बेच्नु हुन्न भनेर आफुले पहिलो पटक सुनेको उनले बताइन ।
वडा नम्बर ७ कै अर्को पशलमा पनि मसला र नम्किन मिस्रित भुजाका रंगिन प्याकेटहरु थिए । चटपटे जस्ता देखिने सादा प्लाष्टिकका प्याकेटमा कुनै कम्पनीको नाम, लोगो, उपभोक्ता मिति अर्थात केही पनि उल्लेख थिएन । पाँच रुप्पे प्याकेटमा विक्री हुने ती चटपटेका ग्राहक पनि वालवालिका नै हुन् ।
वालवालिकालाई सामान भए पुग्छ, मुल्य थाहा भए पुग्छ । वालवालिका यति निर्दोश हुन्छन् कि, उनीहरुलाई उत्पादन मिति र एक्सपायर डेटको कुनै मतलव हुंदैन । तर व्यवसायीहरु भने छलकपटपूर्ण व्यापार गरिरहेका छन् ।
अनुगमनका क्रममा भेटिएका पाउरोटी र अन्य डेरी आइटममा सवथोक बुझिन्छ, व्याच नम्बर बुझिन्छ, उत्पादकको नाम बुझिन्छ, विक्रिका लागि लगिएको बस्तुमा यो यो परीणामको तत्वहरु छन् भन्ने बुझिन्छ ।
तर उत्पादन मिति र उपभोग मिति भने हतपति बुझ्नै मुस्किल । वालवालिकाले उपभोग गर्ने भुजा मात्र होइन, चक्लेट, नमकिन, पाउरोटी, खस्ता जस्ता सामाग्रिहरुमा बस्तुको मुल्य सवैले बुझिनेगरी उल्लेख हुन्छ । तर उत्पादन मिति र उपभोग मिति भने नियतले नै नबुझिने वा लेख्दै नलेख्ने गरिएको पाइएको छ । त्यसमा दाङ जिल्लाकै विभिन्न उद्योगहरुमा उत्पादित बस्नुहरु छन् ।
वालवालिका भविस्यका कर्णधार हुन् । भोलिका चिकित्सक र भोलिका इन्जिनियर र मन्त्री हुने यी वालवालिकालाई केही भने वेइमान व्यवसायीहरुले झुक्याएर यस्ता बस्नुहरु खुलेयाम बजारमा विक्रिवितरण गर्दै आएको छन् ।
पत्रु खाना अर्थात जंक फूड र त्यसमा पनि उपभोग मिति नै उल्लेख नभएका । यी बस्तुहरु सेवन गर्ने वालवालिकाको स्वास्थ्यमा कति गम्भीर असर पारेको भन्ने हेक्का स्थानीय व्यवसायी, उत्पादक कम्पनी तथा अभिभावकलाई पनि थाहाँ छैन ।
यस्तै वेइमान खाद्ध बजारले हाम्रा वालवालिकाको स्वास्थ्यमा गम्भीर असर पारिरहेको छ । कतिपय अखाद्ध बस्तुको सेवनले फूड प्वाइजन तथा नियमित सेवनले दिर्घरोगको समेत समस्या देखिने गरेको चिकित्सकहरु बताउँछन् ।
वालवालिकाहरुको दैनिक खानपानमा विशेष महत्व दिनुपर्नेमा बजारमा आउने यस्ता खाद्ध पदार्थले उनीहरुको स्वास्थ्य र मानशिक विकाशमा नकारात्मक असर पारिरहेको वालरोग विशेषज्ञ डा. किशोर खत्रीको भनाई छ ।
बजारमा यसरी सामान वेचविखन रोक्न राज्यका सवै निकायको सहकार्य आवस्यक उनी ठान्छन् ।
‘म्याद नाघेका यस्ता अखाद्ध बस्तुको सेवनले वालवालिकाको मानशिक विकाशमा पनि नकारात्मक प्रभाव पर्ने स्वास्थ्य विज्ञानले पुष्टि गरेको छ । यस्ता उत्पादकलाई कानुन वमोजिम दण्डको व्यवस्था स्थानीय सरकारले गर्न आवस्यक छ’– वालरोग विशेषज्ञ डा. खत्रीले भने ।
व्यवसायीहरुले भने सवै सामानको आफुहरुले म्याद हेर्न पनि नभ्याउने समेत भन्दै पन्छिन खोज्छन् । कतिपय स्थानमा त व्यवसायीहरुले नियमित अनुगमनको अभावका कारण आफुहरु यो विषयमा गम्भीर बन्न नसकेको बताए । ‘हामीले पशल सुरु गरेको पाँच बर्ष जति भयो, तर हामीले पहिलो पटक यो अनुगमनको सामना गर्यौं,’ भण्डारी स्टोरका सञ्चालीकाले भनिन् ।
उनले अनुगमनमा आएको टोलीलाई यसरी नै नियमित अनुगमन गरीदिए आफुहरु पनि सुध्रने बताइन । उनले यो अनुगमन बस्तु उत्पादक कम्पनीमा पनि हुनुपर्ने जोड दिइन । ‘उत्पादक कम्पनीले नै स्पष्ट बुझिने गरी उपभोग मिति उल्लेख गरेका हुंदैनन् । हामीले त उनीहरुको वोलिलाई विश्वास गर्नुपर्दछ’, उनले भनिन् ।
बजार अनुगमन जारी रहंदा पनि बजार भने सुध्रन सकेको छैन । अनुगमनसंगै दण्डको पनि व्यवस्थापन गर्नुपर्ने उपभोक्ता अधिकारकर्मीहरु बताउँछन् । तर अनुगमनका क्रममा एक पटकलाई सुध्रने मौका भन्दै अर्को पटक फेरि सोही पशलमा नजाने प्रबृत्तिले पनि यस्तो अवस्था निरन्तर रहेको उपभोक्ता अधिकारकर्मीहरुको गुनासो छ ।
त्यसमाथि पनि संधै पर्व लक्षित र बजार केन्द्रित अनुगमन हुने गरेको जनगुनासो पनि आएको छ ।
अनुगमनमा तुलसीपुर उपमहानगरपालिका उपभोक्ता शाखाका प्रमुख रेखा शर्मा, अनुगमन अधिकृत सुनिता थापा, खाद्ध गुणस्तर कार्यालयका प्रतिनिधिहरु राजेश चौधरी, निरज कार्की, तुलसीपुर उपमहानगरपालिका ७ वडा सदस्य चित्रा मल्ल, तुलसीपुर उद्योग वाणिज्य संघका कार्यालय प्रमुख पारेश्वर भट्टराई, इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रतिनिधि मोहमद तर्की खाँ लगायतको सहभागिता रहेको थियो ।
त्यस क्रममा विभिन्न पशलहरुबाट म्याद नाघेका सुजीका प्याकेट, किरा लागेका दाल, केही वेकरी आइटम तथा बच्चाहरुले उपभोग गर्ने विभिन्न चक्लेटहरु जफत गरिएको थियो ।
अनुगमनका क्रममा कुनै पनि पशलमा मुल्य सुची रहेको पाइएन । उपभोक्ताहरुलाई दिइने बिल तथा दर्ता प्रमाण पत्रहरु पनि पशलेहरुमा भेटिएनन् । केही व्यवसायीक प्रतिष्ठानहरु दर्ता विनै सञ्चालन भएको पाइएको थियो ।
अनुगमन शाखा प्रमुख रेखा शर्माले दर्ता नभएका पशलहरुलाई एक साताभित्रै दर्ता प्रक्रियामा जान सुझाइन । त्यस्तै म्याद नाघेका सामान राखेको पाइएमा उपभोक्ता कानुन वमोजिम कारवाही गर्ने चेतावनी समेत दिएकी थिइन् ।
