२०८३ जेष्ठ १४ गते बिहिवार

जनमत र जनतामाथि गद्दार गर्ने नेताहरुलाई सजाए हुनुपर्छ – एमाले महासचिव पोखरेल

तस्विर – राजेश खत्री ।

उरहरी, पुस ३ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जनमत र जनतामाथि गद्दार गर्ने नेताहरुलाई सजाए दिनुपर्ने बताएका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ मा शनिबार आयोजित दंगाली कम्युष्टि नेता स्वर्गिय श्रीमनी आचार्यको १४औं स्मृति सभालाई सम्बोधन गर्दै महासचिव पोखरेलले नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा (एकीकृत समाजदबादी) का अध्यक्ष माधवकुमार नेपाललाई कम्युष्टि बिरोधी तथा अबसरबादी भएको संज्ञा दिए ।

अघिल्लो निर्वाचनमा दुई पार्टी बीच चुनाव तालमेल गरेको तथा त्यतिखेर प्रचण्ड र नेपालले जनता संग भोट माग्दा नेपाली काँग्रेसलाई हराउ भनेर भोट मागेपनि जितेपछि काँग्रेसलाई प्रधानमन्त्री बनाउन हिडेको हुँदा उनीहरु कम्युनिष्ट आन्दोलन बिरोधी रहेको पोखरेलले तर्क गरे ।

आगामी निर्वाचनमा उनीहरुको प्रबृतिका बिरुद्ध घन ठोक्न र उनीहरुलाई पराजित गर्न महासचिव पोखरेलले कार्यकर्तालाई आग्रह समेत गरे । माधव नेपाल र प्रचण्डहरुलाई कारबाही नगर्ने हो भने फेरि अबसरबाद टाउको उठाएर समान्नेमा आउन सक्ने महासचिव पोखरेलले बताए ।

परिवर्तनका ठूला–ठूला कुरा गर्ने र आफ्नो स्वार्थमा धक्का पुग्यो भने सबै भन्दा बढ्दा परिवर्तन बिरोधी प्रबृति प्रचण्ड र नेपालमा रहेको उनले आरोप लगाए ।

उनले नेकपा एमालेलाई अनुशासित र अराजकता बिहिन पार्टीको रुपमा बिकाश गर्न चाहेको बताए । पोखरेलले नेकपा एमाले संग मात्रै देश निर्माण गर्ने सपना र भिजन रहेको भन्दै सबै पार्टीमा रहेका देशभक्त कार्यकर्ताहरुलाई नेकपा एमालेमा आउन आग्रह गरे । उनले नेपाली काँग्रेस नेकपा एमाले गरि दुई कित्तामा मात्रै राष्ट्रिय राजनीति बिभक्त भएको हुँदा अन्य भुरेभारे पार्टीको औचित्य नरहेको दाबी गरे ।

एमालेले जितेमा देश संबृद्धि र समाजबादको बाटोमा अग्रसर हुने तथा नेपाली काँग्रेसले जितेमा पूँजीबाद र हुनेखानेका वरिपरी देश घुम्ने जिकिर गरे ।

सुरुवात देखिनै अध्यक्ष ओलीको प्रसंशामा खर्चिएका महासचिव पोखरेलले जनता र देशका पक्षमा काम गर्ने सच्चा देशभक्त केपी ओली मात्रै भएको हुँदा ओलीमाथि घेराबन्दी भएको बताए ।

अध्यक्ष ओलीको पालामा एक सय बर्षमा हुन नसकेको जलबिद्युत विकाशको काम पुरा भएको, दैनिक १८ घन्टाको लोडसेडिङ अन्त्य भएको महासचिव पोखरेलले बताए ।

त्यस्तै उनले राजा महेन्द्रलाई एउटा पूर्व पश्चिम राजमार्ग निर्माण गरेकै भरमा राष्ट्रबादी भन्ने गरिएको प्रति असन्तुष्टि जनाउँदै एमाले महासचिव पोखरेलले ओलीको पालामा त्यस्ता राजमार्गहरु चारवटा निर्माण भएको हुँदा ओली बढी राष्ट्रबादी र बिकाश प्रेमी रहेको जिकिर गरे ।

महासविच भएपछि पहिलो पटक गृहजिल्ला दाङमा आएका नेता पोखरेलले आफु लुम्बिनी प्रदेशको मुख्य मन्त्री हुँदा दाङमा विकाशको लहर नै ल्याएको चर्चा पनि गरेका थिए ।

कार्यक्रममा झन्डै ४ सय जति ब्यक्तिहरु बिभिन्न पार्टी परित्याग गरि नेकपा एमालेमा पार्टी प्रबेश गरेको एमालेका स्थानीय नेताहरुले दाबी गरे ।

प्रकाशित मिति : २०७८ पुष ३ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *