२०८३ मङ्सिर १० गते बुधवार

स्थानीय किसान र उद्यमीको जिवन उठाउने गरि मेला महोत्सव लगाउनु पर्छ ः अध्यक्ष तिमिल्सीना

तुलसीपुर, पुस २ । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सीनाले मेला महोत्सव स्थानीय उत्पादनको पवर्बधन गर्नका लागि हुनुपर्ने बताएका छन् ।

‘तुलसीपुर चेम्बर अफ कमर्ष’ले आयोजना गरेको तुलसीपुर महोत्सव २०७८ को उद्घाटन गर्दै बिहीबार अध्यक्ष तिमिल्सीनाले आम्दानी बाहिर पठाउने नभई भित्याउने गरि मेला महोत्सव लगाउन पर्ने बताए ।

आन्तरीक उत्पादनको पर्बधन र प्रोत्साहन गर्ने गरि मेला महोत्सव लगाउनु पर्ने उनको जोड थियो ।

‘मेला महोत्सव रकम सीमा पारी पठाउँने गरि होइन् सीमापारीबाट रकम भित्याउने गरि लगाउनुपर्छ,’ तिमिल्सीनाले अगाडि भने ‘ मेला महोत्सवहरुमा स्थानीय किसानले उत्पादन गरेका बस्तु तथा स्थानीय उद्यमीका उत्पादन राखिनु पर्छ ।’

स्थानीय किसान र उद्यमीको जिवीको पार्जनमा सहज तुल्याउने गरि लगाइएका मेला महोत्सवको मात्रै सार्थकता हुने उनको भनाई थियो ।

‘गाउँ घरका किसानले मेलामा आएर पैंसा फाल्ने होइन यहाँबाट आफ्नो उत्पादन विक्री गरेर पैसा लैजाने खाले मेला महोत्सव हुनुपर्छ,’ उनले भने ।

उनले व्यावसायिक क्षेत्रमा स्वच्छ प्रतिस्पर्धा आवश्यक रहेको बताए । ‘ एक्लै हिडेर समृद्धिको यात्रा पुरा हुँदैन,’ उनले भने ‘सवै संगै हातेमालो गरेर उद्यमसीताको विकास गरे मात्रै समृद्धी हासील गर्न सकिन्छ ।’

एउटाले गर्न थालेको काममा अर्कोले साथ नदिने प्रचलन गलत भएको भन्दै उनले व्यावसायिक एकतामा जोड दिए ।

राम्रो कामका लागि प्रतिस्पर्धा आवश्यक रहेको भन्दै उनले नीजि क्षेत्रको प्रयासले आर्थिक समृद्धि संभव हुने बताए ।

विकास र समृद्धिको लागि मिलेर अघि बढ्न उनले व्यावसायलाई आग्रह गरे ।

उनले दाङका नगरप्रमुखहरुलाई घोराही तुलसीपुरको फोरल्याड सडक र यहाँको एयेरपोर्टको स्तरउन्नतिका लागि ध्यान केन्द्रित गर्न आग्रह गरे ।

नेपाल चेम्बर अफ कमर्षका लुम्बिनी प्रदेश अध्यक्ष टंकप्रसाद पोखलले नीजि क्षेत्रलाई राज्यले प्रोत्साहित गर्नुपर्ने बताए ।

राज्यले राजस्व संकलनमा मात्रै चासो दिने गरेको भन्दै उनले नीजि क्षेत्रको विकासका लागि ध्यान नदिएको गुनासो गरे ।

तुलसीपुर चेम्बर अफ कमर्षका अध्यक्ष तथा महोत्सव मुल आयोजक समितिका संयोजक टोपबहादुर घर्तीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

उक्त कार्यक्रमलाई राष्ट्रिसभा सदस्य कोमल वली, जगप्रसाद शर्मा, तुलसीपुर उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेलगायतले मेला सफलताको शुभकामना ब्यक्त गरेका थिए ।

मेला उद्घाटन पूर्व तुलसीपुरमा ¥यालीको पनि आयोजना गरिएको थियो ।

पुस १ गतेबाट सुरु भएको महोत्सव पुस १२ गते सम्म संचालन हुनेछ ।

ब्यापारीहरुको छाता संगठन तुलसीपुर उद्योग बाणिज्य संघले भने यतिखेर मेला महोत्सव ब्यापारीको हितमा नभएको भन्दै बिरोध गर्दै आएको छ ।

उस्ले मेला महोत्सवको बिरोधमा एक दिन तुलसीपुर बजार समेत बन्द गराएको थियो ।

मेला महोत्सव स्थानीय ब्यापारीको हितमा नभएको भन्दै फेन्सी ब्यबसायीको नेतृत्वमा सयौं हस्ताक्षर संकलन गरि तुलसीपुरका मेयरलाई समेत उनीहरुले ज्ञापन पत्र बुझाएका थिए ।

प्रकाशित मिति : २०७८ पुष २ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *