२०८३ भाद्र ११ गते बिहिवार

दाङमा कुलोमा डुबेर एक जनाको मृत्यु

दाङ,पुस १ । दाङको घोराहीमा कुलोमा डुबेर एक जनाको मृत्यु भएको छ ।

घोराही उपमहानगरपालिका–११ बासगजरीका ५३ वर्षीय खिम बहादुर योगीको कुलोमा डुबेर मृत्यु भएको हो ।

सोही ठाउँ स्थित खोलाबाट कुलो बनाई खेतमा पानी लगाउन गएको अवस्थामा योगीको डुबेर मृत्यु भएको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय दाङ तथा मातहत कार्यालयबाट खटिएको प्रहरीले अनुसन्धान गरिरहेको जनाइएको छ ।

प्रकाशित मिति : २०७८ पुष १ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *