तुलसीपुर, मंसिर १६ । नेकपा (एकीकृत समाजबादी)का अध्यक्ष माधवकुमार नेपाल शुक्रबार तुलसीपुरमा आउने भएका छन् ।
तुलसीपुर उद्योग बाणिज्य संघको दोघरेमा आयोजित जिल्ला स्तरिय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालसहितका नेताहमरु तुलसीपुर आउन लागेका हुन ।
दाङ जिल्ला संगठन बिभाग प्रमुख डिल्लीबहादुर डाँगीका अनुसार उक्त कार्यक्रमलाई सम्बोधन गर्न पार्टीका उपमहासचिव डा.बिजय पौडेल, केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेशका इञ्चार्ज भागबत बिश्वासी, लुम्बिनी प्रदेशका अध्यक्ष तथा पोलिट ब्यूरो सदस्य संघीय सांसद मेटमणि चौधरी, केन्द्रीय सदस्य तथा संघीय सांसद हिराचन्द्र केसी, दाङ जिल्ला इञ्चार्ज जोगबहादुर राना, केन्द्रीय सदस्यहरु अनारकली मिया, शारदा स्वर्णकार लगाएतले कार्यक्रमलाई सम्बोधन गर्ने जिल्ला संगठन बिभाग प्रमुख डाँगीले फरककोणलाई जानकारी दिए ।
