२०८३ मङ्सिर ९ गते मङ्गलवार

अमेलियाबाट ४५ ग्राम ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ


तुलसीपुर, मंसिर ७ । प्रतिबन्धित लागु औषध ब्राउन सुगरसहित एक भारतीय नागरिक दाङको अमेलियाबाट पक्राउ परेका छन् ।
भारतको बहाराईच जिल्लाको तहसिल नानपारा घर भएका २८ बर्षीय नाइम ठूलो परिमानको ४५ ग्राम ब्राउन सुगरसहित पक्राउ परेका हुन ।
उनलाई पूर्व पश्चिम राजमार्ग अन्तरगत लमही नगरपालिका वडा नं. ९ को अमेलिया बजार क्षेत्रबाट सोमबार बेलुका पक्राउ गरिएको जिल्ला प्रहरी प्रबक्ता डिएसपी मुकुन्दप्रशाद रिजालले बताए ।
नाम थर वतन खोल्न नमानेका भारतीय नागरिकले प्रतिबन्धित लागुऔषध ब्राउन सुगर बिक्रि बितरण गरिरहेको भन्ने गोप्य सुचनाका आधारमा पुगेको प्रहरीले चेकजाँचका क्रममा उनालई पक्राउ गरेको डिएसीपी रिजालले जानकारी दिए ।
छिमेकी देश भारतबाट बाँके र जिल्ला हुँदै भित्रने लागु औषध देशका बिभिन्न जिल्लाहरुमा निर्यात हुने गरेको प्रहरीले बताउँछ । दाङ र बाँके जिल्लाका बीचमा प्रबेशका लागि दर्जनौ खुल्ला सीमा नाकाहरु रहेका छन् ।

प्रकाशित मिति : २०७८ मङ्सिर ७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *