दाङ, कात्तिक ९ । श्रीमान संग भगडा भएपछि बाँकेमा एक महिलाले मध्यरातमा राप्ती नदीमा हाम फालेर आत्महत्या गरेकी छन् ।
जिल्लाको राप्ती सोनारी गाउँपालिका वडा नं. ३ की २० बर्षीया दीपा थारुले श्रीमान २३ बर्षीय जोगिराम थारुसंग सामान्ने बिबाद भएपछि मंगलबार बिहान २ बजे राप्ती नदीमा हाम फालेर आत्महत्या गरेको बाँकेका प्रहरी प्रमुख श्यामकृष्ण अधिकारीले जानकारी दिए ।
दीपाका शब बिहान सवा १० बजेतिर राप्ती नदीमा फेला परेको थियो । एसपी अधिकारीले दीपाका श्रीमान जोगिरामलाई नियन्त्रणमा लिइएको जानकारी दिए ।
जोगिरामले आशंकायुक्त कुरा गरेको हुँदा अनुसन्धानका लागि नियन्त्रणमा लिएको उनले बताए । शब पोष्टमार्टमका लागि अस्पताल लगिएको छ ।
प्रकाशित मिति : २०७८ कार्तिक ९ गते मङ्गलवार
