
शरद रेग्मी,तुलसीपुर,कात्तिक ७ । भ्याट र पान नम्बर नलिएर ब्यापार ब्यबसाय गरिरहेका घुमवा ब्यापारीलाई तत्काल रोक्नुपर्ने माग राख्दै तुलसीपुरमा प्रदर्शन गरिएको छ ।
घुमुवा ब्यापार तत्काल बन्द गर्न माग गर्दै प्लाष्टिक ब्यबसायीहरुले आईतबार तुलसीपुर बजारमा प्रदर्शन गरेका हुन ।
उनीहरुले लुकिछिपी गाउंगाउंमा गई व्यवसाय गरिरहेका व्यवसायीहरुलाई तत्काल रोक्न माग गर्दै बजारमा मोटरसाईकल ¥र्यालिको आयोजना गरिएको प्लाष्टिक उपसमितिका सयोजक घनश्याम भुसालले जानकारी दिए ।
यसैबच तुलसीपुर उद्योग बणिज्य संघले सबै व्यवसायीहरुलाई तत्काल सघंमा दर्ता गर्न आब्हान गरेको छ ।
बाणिज्य सघंका अध्यक्ष रामप्रसाद चालिसे र महासचिब बिनिल केसीले बिज्ञप्ती जारी गर्दे खुल्ला रुपमा ब्यापार गरिरहेका आम व्यवसायीहरुलाई अनिबार्य रुपमा सघंमा दर्ता गर्न समेत अनुरोध गरेका छन ।
उनीहरुले तत्काल स्थानीय प्रहरी,आन्तरिक राजश्व कार्यालय र सरोकारवालासंग समन्वय गरि पहल थाल्ने जानकारी दिए ।
