काठमाडौं,कात्तिक ५ । नेपाली कांग्रेसका नेता पूर्वमन्त्री मोहम्मद आफताव आलमको मुद्दाको सुनुवाइका लागि सर्वोच्च अदालतमा शुक्रबार पेसी तोकिएको छ ।
शुक्रबार न्यायाधीशद्वय डा।आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासमा उक्त रिट निवेदनको सुनुवाइ हुँदैछ ।
यसअघि पटकपटक पेसी तोकिए पनि सुनुवाई स्थगित हुँदै आएको थियो ।
आलमलाई प्रहरीले २०७६ असोज २६ गते पक्राउ गरेको थियो । ज्यान मार्ने उद्योगसमेतको मुद्दामा आलम हिरासतमा छन् ।
प्रकाशित मिति : २०७८ कार्तिक ५ गते शुक्रवार
