तुलसीपुर, कार्तिक ४ । नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर ३ ले किसानलाई आवस्यक क्षतिपुर्ति उपलव्ध गराउन माग गरेको छ ।
क्षेत्रीय सभापति जगतबहादुर खड्काले विहीवार फरककोण मार्फत वेमौसमी बर्षातका कारण हजारौं किसानले लगाएको धानवालीमा क्षति पुगेको भन्दै पीडित किसानको हौसला बढाउन तीनै तहका सरकार संग क्षति मुल्याङकन गरि क्षतिपूर्ति उपलब्ध गराउन माग गरेका हुन ।
कम्तिमा पनि ६० प्रतिसत भन्दा बढी नागरीकहरु कृषिमा आश्रित भएको र अप्ठेरोमा उनीहरुको पीडामा साथ दिन स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारलाई सभापति खड्काले आग्रह गरेका छन् ।
‘कृषिबाटै मुलुकको समग्र आर्थिक समृद्धि हुने हो,’ खड्काले भने ‘किसानलाई परेको प्राकृतिक प्रकोपमा सरकार गम्भीर हुन जरुरी छ ।’
भित्राउन तयार भएको गाँस खोसिएका किसानलाई तत्काल क्षतिपुर्ति र राहत प्याकेज ल्याउन तीनै तहका सरकारसंग खड्काले माग गरेका छन् ।
किसानले जसोतसो मल विउको जोहो गरी खेतिपाति गरेको हुँदा प्राकृतिक बिपत्तिले उनीहरु अप्ठेरोमा पर्दा राज्य हुनुको नाताले राहात दिनुपर्ने उनले बताए । ‘यतिखेर राज्यले किसानका लागि प्याकेजमा राहत वितरण गरि उनीहरुको आत्मवल बढाउन सक्नु पर्छ,’ सभापति खड्काले भने ।