२०८३ मङ्सिर ९ गते मङ्गलवार

जुम्लामा बाढीले मार्सीधानको फाँट बगायो

जुम्ला,कात्तिक २ । जुम्लामा बाढीले मार्सीधानको फाँट बगाएको छ । तिला र हिमा नदी किनारमा पाकेर भित्र्याउनै लागेको मार्सीधान खेतमा बाढी पसेपछि क्षति भएको किसानले गुनासो गरेका छन् ।

मार्सीधानको उद्गम मानिने लाछु ज्युलाको आधा भागमा बाढी आएको तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले जानकारी दिए ।

भित्र्याउनै लागेको मार्सी धानको खेतमा बाढी आएपछि आफूहरु चिन्तित भएको स्थानीय देवीप्रसाद पाण्डेले गुनासो गरे ।

चन्दननाथ नगरपालिकाको तलिउम क्षेत्रमा पनि बाढी आएको किसान धनराशी भण्डारीले जानकारी दिए । प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाई नेतृत्वको टोली क्षति भएको क्षेत्र तातोपानी र तिला अवलोकनमा गएको छ ।

प्रमुख जिल्ला अधिकारी प्रसाईले भारी वर्षा र बाढी बढेकाले नदी र खोलाको छेउछाउ, पुराना भत्किन थालेका घरमा नबस्न नागरिकलाई अनुरोध गरेका छन । वर्षाले नाग्म गमगडी राजमार्गको बाटो बन्द भएको छ ।

प्रकाशित मिति : २०७८ कार्तिक २ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *