दाङ, असोज २४ । बोलेरो भिरबाट खसेपछि रोल्पामा एक चालकको मृत्यु भएको छ भने सहचालकको अवस्था गम्भीर छ ।
रोल्पाका प्रहरी प्रमुख नरेश सुबेदीका अनुसार रोल्पा नगरपालिका वडा नं। १ खेवासे गाउँका २० बर्षीय चालक गोबर्धन घर्तीको मृत्यु भएको छ ।
उक्त दूर्घटनामा परि सहचालक सोही वडाका २३ बर्षीय नबिन पुन गम्भीर घाइते भएका छन् ।
उनको गम्भीर अवस्थामा जिल्ला अस्पताल रेउघामा उपचार भइरहेको छ । पुनलाई थप उपचारका लागि दाङ तर्फ पठाउने बारे कुरा भइरहेको डिएसपी सुबेदीले जानकारी दिए ।
रोल्पा नगरपालिका वडा नं। १ सल्लीबोट बाट आइतबार बिहान ९ बजेतिर सोही नगरको वाखोला तर्फ जाने क्रममा लु १ च ९४९३ नम्बरको नीजि बोलेरो छेरा पोखरा भन्ने ठाउँको भिरबाट झन्डै ३० मिटर तल खसेको थियो ।
दूर्घटना स्थलमा पुग्दा बोलेरोले चालक र सहचालक दुबैलाई त्यसले थिचेको अवस्थामा उद्धार गरि जिल्ला अस्पताल पु¥याएपनि चालकलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।
सहचालकको उपचार जारी रहेको प्रहरीले जनाएको छ ।
