२०८३ मङ्सिर ९ गते मङ्गलवार

तुलसीपुर क्षेत्रबाट ३ महिनामा बालुवा, गिट्टी चोरी गर्नेबाट झन्डै १९ लाख राजश्व संकलन

३ महिनामा १ सय ४४ मुद्दा दर्ता

तुलसीपुर,असोज २४ । इलाका प्रहरी कार्यालय तुलसीपुरमा बितेको तीन महिनामा एक सय ४४ वटा मुद्दा दर्ता भएका छन ।

चालु आर्थिक वर्षको असार १५ देखि असोजसम्म विभिन्न प्रकृतिका एक सय ४४ वटा मुद्दा दर्ता भएकोमा १ सय ८८ जना प्रतिवादीहरु प्रक्राउ गरिएको कार्यालयका डिएसपी श्यामु अर्यालले जानकारी दिए ।


ती मध्य ९५ जनालाई कानुन बमोजिम कारवाही गरिएको र बाँकी ९३ जना प्रतिवादीहरुको मुद्दा पूर्पक्षको लागि थुनामा गई धरौटी तथा फैसलाबाट छुटेको डिएसपी अर्यालले बताए ।

त्यस्तै उनले बढ्दो क्रममा रहेको लागु औषध ब्राउन सुगर सेवन,ओसारपसार तथा बिक्रि वितरणलाई निस्तेज पार्ने गरि कार्यालयबाट अभियान नै चलाइएको बताए ।
बितेको तीन महिनाको अबधिमा आगुऔषध सम्बन्धि दश वटा मुद्दा दर्ता भएको इप्रका प्रमुख अर्यालले जानकारी दिए ।
अभियानका क्रममा लागु औषध ब्राउन सुगर बिक्रि वितरण कारोवार र सेवन गर्ने २४ जनालाई प्रक्राउ गरि कानुन बमोजिम कारवाही गरिएको जानकारी दिइएको छ ।

त्यस्तै तुलसीपुरका क्षेत्रका केही मेडिकल सञ्चालकहरु समेत पक्राउ परेको उनले बताए ।

चिकित्सकको सल्लाहले मात्रै बिक्रि बितरण गर्न पाइने औषधी समेत अवैध रुपमा लागु औषधको रुपमा बिक्रि वितरण गर्ने ३ वटा मेडिकल सञ्चालकलाई प्रक्राउ गरि कानुन बमोजिम कारवाहीको लागि औषधी विभागमा पठाइएको डिएसपी अर्याले बताए ।

बितेको तीन महिनाको अबधिमा विभिन्न प्रजातिका ८५ क्युफिट चोरी तस्करीका काठ बरामद गरेको तथा ४ जनालाई प्रक्राउ गरि बन कार्यालयमा आवश्यक कारवाहीका लागि पठाइको जानकारी दिइएको छ ।

त्यस्तै खोला जन्य पदार्थ बालुवा, गिट्टी, ढुँगाको अबैध उत्खननमा सलग्न ७० वटा ट्याक्टर, ५ वटा टिपर र २ जेसिबी नियन्त्रणमा लिएर आवश्यक कारवाहीका लागि तुलसीपुर उपमहानगरपालिका मार्फत १८ लाख ८५ हजार राजश्व संकलन भएको डिएसपी अर्यालले जानकारी दिए ।

त्यस्तै यो बीचमा एम्बुलेन्समा अवैध बन्यजन्तु ओखेटपहार (जरायो सिङ) ओसार पसार गर्ने ३ जनालाई प्रक्राउ परेका छन् । उनीहरु माथि आवश्यक कारवाहीका लागि बन कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७८ असोज २४ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *