
असोज २० । दाङको तुलसीपुर अरनिको मैदानमा अनाथ बालबालिका सहयोगार्थ वैशाख २३ गते एकदिने लाइभ कन्सर्ट आयोजना हुने भएको छ ।
कन्सर्टमा चर्चित र्यापर समिर घिसिङ ‘भिटेन’, गायिका मिलन नेवार, गायक प्रताप दास, गायिका तथा मोडल सिर्जु अधिकारी,मोडल बिजय पुन, मोडल रिया श्रेष्ठ लगायतका कलाकारहरु आउने भएका छन।
दाङमा रहेका अनाथ बालबालिकालाई सहयोग गर्ने उद्देश्यका साथ विजया दशमीको अवसर पारेर एकदिने कन्सर्टको आयोजन गर्न लागिएको कार्यक्रम संयोजक एच आर मगरले जानकारी दिएका छन । कार्यक्रमको आयोजक पि.एम्. इन्टरप्रजेज रहेको छ ।
लाइभ कन्सर्ट कार्यक्रमको लागी टिकट दर भने रु ५०० र रु ३०० रहने आयोजकले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०७८ असोज २० गते बुधवार
