दाङ,असोज १७ । नेपाल सुनचाँदी व्यवसायी संघ घोराहीको अध्यक्षमा विनोद कुमार विश्वकर्मा पुन स्निर्वाचित भएका छन ।
शनिवार घोराहीमा सम्पन्न भएको संघको २० औँ साधारण सभा तथा ११ औँ अधिवेशनले विश्वकर्मालाई अध्यक्षमा पुन सर्वसम्मत निर्वाचित गरेको हो ।
जसको उपाध्यक्षमा सोम बहादुर सुनार, सचिवमा मान बहादुर विश्वकर्मा, सहसचिवमा सुरेस कुमार स्वर्णकार, कोषाध्यक्षमा अन्जय कुमार रसाईली, सहकोषाध्यक्षमा विक्रम सुनार चयन भएका छन ।
त्यस्तैगरी सदस्यहरुमा आकास विश्वकर्मा, कृष्णभक्त सुनार, निरन्जन गहतराज, भिम कुमार सुनार र राजेस शाह चयन हुनु भएको निर्वाचन समितिले जनाएको छ ।
प्रकाशित मिति : २०७८ असोज १७ गते आइतवार
