२०८३ मङ्सिर ९ गते मङ्गलवार

योजना तर्जुमा प्रक्रिया समन्धि सरोकारवालासगं अभिमुखीकरण

तुलसीपुर,असोज १५ । स्थानिय योजना तर्जुमा प्रक्रिया समन्धि सरोकारवालाहरुसगं अभिमुखीकरण कार्यक्रम भएको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नं १० को आयोजना तथा साझेदारी परियोजना कार्यालय ओरेक दाङको सहकार्यमा शुक्रबार उक्त कार्यक्रम भएको हो ।

वडा नं १० का कार्यबहाक अध्यक्ष शेर बहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक विकास शाखाका अधिकृत माया श्रेष्ठले संधियता अघि १४ वटा चरणमा रहेर योजना बाँडफाँड हुने गरेको भएपनि अहिले तीन तहको सरकार आएपछि ७ वटा चरणमा रहेर योजना बाँडफाँड हुने गरेको बताइन ।

उनले योजना तर्जुमा गर्दा गाउँ÷बस्ती तहको भुमिका महत्वपुर्ण हुने बताउँदै योजना छनोट गर्दा आर्थिक,सामाजिक,पूर्वाधार,वातावरण तथा विपद् व्यवस्थापन विकासमा ध्यान दिनु पर्ने बताइन ।

उनले टोल–टोलमा योजना तर्जुमा गर्दा वडाको विज्ञलाई राखेर योजना बनाउन सकिने प्रावधान रहेको बताइन ।

सुशासन र पार्दशितालाई ध्यान दिर्दै टोलहरु सूचीकृत भए–नभएको हेरफेर गरेर संस्थाको गतिविधिलाई सक्रिय बनाउन जरुरी छ,उनले भनिन्,कानुन विपरीत टोल संस्थामा भएका कामहरु सच्याउनुस ।

स्थानिय तहको विकासमा नागरिकको साझदारी आबस्यक रहेको उनको भनाई छ ।

कार्यक्रमा विषय प्रवेश गराउदैँ ओरेक दाङका कल्पना चौधरीले, आर्थिक,सांस्कृतिक,सामजिक क्षेत्रमा अभियान सञ्चालन गर्दै आएको बताइन । कार्यक्रमको सहजीकरण वडा सचिव कर्णबहादुर हमालले गरेका थिए ।

प्रकाशित मिति : २०७८ असोज १५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *