२०८३ मङ्सिर ९ गते मङ्गलवार

सल्यानमा धुर्व पुरी र केशबहादुर बिष्टको प्यानलले समान ५÷५ पालिका जिते

दाङ, असोज १० । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको अन्तरगत सल्यानका दशवटा पालिकाको परिनाम सार्वजनिक भएको छ ।

यहाँ दूई पालिकामा सर्वसम्मतिबाट नेतृत्व चयन गरिएको छ भने ८ वटा पालिकामा नेतृत्व चुन्न निर्वाचन भएको छ ।
सल्यानमा पूर्व जिल्ला सभापति धुर्वराज पुरी र जिल्ला समन्वय समितिका प्रमुख केशबहादुर विष्टले दूई फरक ÷ फरक प्यालन खडा गरि निर्वाचनमा होमिएका थिए ।
पुरी र बिष्टले जिल्ला सभापतिमा आफ्नो टिमसहित यसअिघ नै उम्मेदवारी घोषणा गरि सकेका छन् । यी दूबै जना केन्द्रमा देउवा पक्षधर मानिएपनि जिल्लाको हकमा पुरीको लाइन कोईराला समर्थक बन्न पुगेको छ ।


चिरपरिचित यी दूई प्रतिपस्पर्धीले जिल्लाका दश पालिका मध्य समान पाँच ÷ पाँच पालिकाको परिनाम आफ्नो पक्षमा पारेका छन् ।

सल्यानमा महत्वपूर्ण मानिने धुर्व पुरीको प्यानलबाट उम्मेदवार बनेका दिपक हमालले जितेका छन् । त्यस्तै कपुरकोट गाउँपालिकाको सभापति एकराज वली, दार्मा गाउँपालिको सभापतिमा कृष्ण वली, कालिमाटी गाउँपालिका सभापतिमा गणेश केसी, शिद्ध कुमाख गाउँपालिकाको सभापतिमा निर्वाचित बीरबहादुर बुढाथोकी पुरी प्यालनका हुन ।

त्यस्तै केशबहादुर विष्ट प्यालनबाट उम्मेदवारी दिएका मध्य बागचौर नगरपालिका सभापतिमा दिपेश डिसी, बनगाड कुपिण्डे नगरपालिकाको सभापतिमा पुरुस्वतम आचार्य, छत्रेश्वरी गाउँपालिकामा सभापति सीता केसी, कुमाख गाउँपालिका सभापतिमा इश्वरी शाही र त्रिवेणी गाउँपालिकाको सभापतिमा गंगाराम पुन निर्वाचित भएका छन् ।


सिता केसी छत्रेश्वरी गाउँपालिकाको उपप्रमुख पनि हुन । केसी सल्यानमा सभापति जित्ने एक्ली महिला हुन ।

प्रकाशित मिति : २०७८ असोज १० गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *