काठमाडौँ,साउन २१ । पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ८७० पीसीआर परीक्षणमा बिहीबार थप ३ हजार ७ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै एन्टिजेन विधिद्वारा गरिएको ६ हजार ५३८ परीक्षणबाट ९३१ जनामा पोजिटिभ देखिएको छ ।
२४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरिएको १८ हजार ४०८ परीक्षणमा ३ हजार ९३८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ७ लाख ८ हजार ७९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप २ हजार १२ जना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या ६ लाख ६३ हजार ६६३ छ ।
नेपालमा कोरोना संक्रमणबाट थप ३७ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ९९४ पुगेको छ ।
प्रकाशित मिति : २०७८ साउन २१ गते बिहिवार
