२०८३ कार्तिक १२ गते बुधवार

तीन दिनभित्र बहुमतको सरकार गठन गर्न राष्ट्रपतिको आहृवान

दाङ, बैशाख २७ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठन गर्न राजनीतिक दललाई बिहीबार बेलुकी ९ बजेसम्मको  समय प्रदान गरेकी छन् । 

उनले दलहरूलाई आगामी वैशाख ३० गते बेलुकी ९ बजेसम्म सरकार गठनको समय सीमा दिएकी छिन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार संसद्मा विश्वासको मत हासिल गर्न नसकेपछि राष्ट्रपति भण्डारीेले संविधानको धारा ७६ (२) अनुसार दलहरुलाई यस्तो आग्रह गरेकी हुन । 

राष्ट्रपति भण्डारीले  प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा वढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई ३० गते बिहीबार बेलुका  ९  बजेभित्र नेपालको प्रधानमन्त्री चयन गर्न समय दिएकी हुन । 

तीन वर्ष पहिले संविधानको धारा ७६ को उपधारा (२) बमोजिम २०७४ फागुनमा ओली प्रधानमन्त्री नियुक्त भएका थिए ।

प्रकाशित मिति : २०७८ बैशाख २७ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *