काठमाडौँ,वैशाख ८ । नेपाली बजारममा आज (बुधबार) सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बुधबार) छापावाला सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले बढेर तोलामा ९२ हजारमा कारोबार भइरहेको छ ।
मंगलबार छापावाला सुन तोलाको ९० हजार ७ सयमा कारोबार भएको थियो ।
त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ५ सय रहेको छ । यस्तै आज (बुधबार) चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेर तोलामा १३१० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति : २०७८ बैशाख ८ गते बुधवार
