काठमाडौं,चैत २०। म्यानमारमा भएको हिंसात्मक प्रदर्शनका क्रममा सेनाको गोली लागेर अहिलेसम्म ४३ जनाभन्दा धेरै बालबालिकाको मृत्यु भएको छ ।
फेब्रुअरीमा म्यानमारमा सेनाले सङ्कटकाल घोषणा गरेसँगै म्यानमारमा दैनिक रुपमा हिंसात्मक प्रदर्शन हुँदै आएको छ । हिंसात्मक विरोधका क्रममा अहिले सम्म ४३ जनाभन्दा धेरै बालबालिकाको मृत्यु भएको ‘सेभ द चिल्ड्रेन’लाइ उल्लेख गर्दै बीबीसीले जनाएको छ ।
‘सैन्य कू’ विरुद्ध सडक प्रदर्शन गर्ने सर्वसाधारणको घरमै गएर सेनाले मनपरी आक्रमण गरिरहेको र त्यसको चपेटमा बालबालिका परिरहेको बीबीसीले जनाएको छ । यस्तै म्यानमारमा सेनाको गोली लागेर घाइते भएका बालबालिकाको संख्या पनि उल्लेख्य रहेको छ ।
प्रकाशित मिति : २०७७ चैत्र २० गते शुक्रवार
