दाङ, मंसिर १२ । तुलसीपुर उपमहानगरपालिका वडा नं। १३ बराहाखुटी निवासी ४५ बर्षीय खुसलराम पौडेलसंगै सिकार खेल्न गएका तीन जना पक्राउ परेका छन् ।
साथीले नै चलाएको गोली लागेका पौडेलको हाल भारतको लखउनमा उपचार भइरहेको छ ।
पौडेलको ढाडमा तीन र तिघ्रामा दूई गोली लागेका पौडेलको हाल भारतको लखनउमा उपचार भइरहेको छ ।
पौडेल संगै सिकार खेल्न जंगल गएका १४ जना मध्य स्थानीय ४० बर्षीय इन्द्रबहादुर केसी, ४२ बर्षीय कमल पुन र ३८ बर्षीय राजु घर्ती पक्राउ परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहले जानकारी दिए ।
उनीहरु तीनै जनालाई बिहीवार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ । विहीवार नै पक्राउ परेका तीनै जनालाई वडा प्रहरी कार्यालय लमहीमा पठाइएको छ । घटना लमहीमै घटेको हुँदा मुद्दा उतै चल्ने भएर उनीहरुलाई उतै पठाइएको डिएसपी सिंहले बताए ।
यसैबीच प्रहरीले पौडेललाई गोली हान्ने व्यक्तिको पनि पहिचान भइसकेको र उनको खोजी भइरहेको जानकारी दिएको छ । ती बाहेक फरार रहेका अन्य व्यक्तिहरुको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरुले आफुहरुले खाना पकाई रहेको समयमा बन्दुक पड्केको आवाज सुनेपछि दौडिएर जाँदा पौडेल गोली लागेर छटपटाई रहेको अवस्थामा देखेर उद्धार गरेर राजमार्ग सम्म ल्याएको प्रहरी समक्ष वयान गरेका छन् ।
घटना लमही नगरपालिका वडा नं. ९ च्याउ खोला क्षेत्रको जंगलगमा घटना बुधवार दिउँसोको घटेको थियो ।
