बुटवल,मंसिर १२ । रुपन्देहीका थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
बुटवल उपमहानगरपालिका–११ की ६० वर्षीया महिलाको भिम अस्पताल भैरहवामा मत्यु भएको हो ।
अस्पतालका सूचना अधिकारी डा। नारायण पोख्रेलका अनुसार उनी बिहीबार राति १२ बजे अस्पताल भर्ना भएकी थिइन् ।
उपचारको क्रममा बिहीबार राति १२ः४० बजे उनको मृत्यु भएको पोख्रेलले बताए ।
डा. पोखरेलका अनुसार उनको कोरोना परीक्षण रिपोर्ट बिहीबार नै पोजेटिभ आएको थियो ।
प्रदेश स्वास्थ्य निर्देशनालय बुटवलका अनुसार रुपन्देहीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११९ पुगेको छ ।
प्रकाशित मिति : २०७७ मङ्सिर १२ गते शुक्रवार
