२०८३ असार १३ गते शनिवार

महोत्ततरीमा ६ बर्षीया बालिकाको हत्या आरोपितको घर आक्रोसित स्थानीयले आगो लगाइदिए

महोत्तरी, मंसिर ९ । महोत्तरीमा बेपत्ता भएकी ६ वर्षीया बालिकाको शव बोरामा फेला परेको छ।

महोत्तरीको बर्दिबास नगरपालिका १४ शुभम बस्तीबाट बेपत्ता भएकी शहीद आलमकी छोरी गुलाब साह खातुनको शव सोमबार मध्यरातमा झाडीमा फेला परेको थियो।

सामुदायिक परिवार कल्याण संघ महोत्तरीको कार्यालयभन्दा पश्चिमतर्फको खाली जग्गाको झाडीमा बालिकाको शव फेला परेको प्रहरीले जानकारी दिएको छ । बालिकाको बलात्कार पछि हत्या गरी शब झाडीमा फालेको अनुमान गरिएको छ ।

प्रहरीले भने पोस्टमार्टम रिपोर्टपछि मात्रै त्यो कुरा भन्न मिलने बताएको छ ।

आइतबार साँझ उनी बस्तीबाटै बेपत्ता पारिएकी थिइन ।

यसैबीच बालिका हत्याको आशंकामा प्रहरीले महोत्तरीको गौशाला नगरपालिका वडा नम्बर ५ का २५ वर्षीय अरूणकुमार साहलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका युवकले आफुले नै बालिकाको हत्या गरेको प्रहरी समक्ष स्वीकार गरि सकेको प्रहरी अधिकारीले बताएका छन् ।

यसैबीच आक्रोसित स्थानीयले पक्राउ परेका आरोपीको घरमा आगो लगाई दिएका छन् । आगो निभाउन भनि जान थालेको दमकललाई स्थानीयले बीच बाटो अवरोध गरि रोखेका थिए ।
स्थानीये प्रदर्शन समेत गरिरहेका छन । प्रदर्शनलाई लक्षित गर्दै प्रहरीले अश्रु ग्याससमेत प्रहार गरेको छ ।

 

प्रकाशित मिति : २०७७ मङ्सिर ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *