काठमाडौँ,मंसिर ७ । नेपालमा थप एक हजार ६ सय ६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
आइतबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप एक हजार ६ सय ६९ जनामा संक्रमण पुष्टि भएको हो।
त्यस्तै संक्रमणबाट पछिल्लो २४ घण्टामा १६ जनाले ज्यान गुमाएका छन्। साथै ५ हजार ६ सय ९९ जना निको भई घर फर्किएका मन्त्रालयले जनाएको छ।
अहिलेसम्म नेपालमा २ लाख २० हजार ३ सय ८ जनामा संक्रमण पुष्टि भइसकेको छ।
एक लाख ९९ हजार २४ जनालाई कोरोना संक्रमण निको भइसकेको छ।
लअभिि ष्ल
त्यस्तै, अहिलेसम्म यसको संक्रमणबाट एक हजार ३ सय २१ जनाले ज्यान गुमाएका छन्।
प्रकाशित मिति : २०७७ मङ्सिर ७ गते आइतवार
