
दाङ, मंसिर ५ । कलाकार तथा फिल्म निर्माता रम्बा ओलीको निधन भएको छ । ओलीको हृदयघातका कारण आज काठमाडौको नर्भिक अस्पतालमा निधन भएको हो । ओली केही समयदेखी काठमाडौंमा बस्दै आएका थिए ।
चलचित्र ‘एकता’ बाट आफ्नो अभिनय यात्रा सुरु गरेका हुन । ओलीले बुवाआमा, चन्द्रसुर्य, बिर लगाएतका चलचित्र निर्माण गरेका थिए । ओली दाङ तुलसीपुरका स्थानियबासी हुन् ।
प्रकाशित मिति : २०७७ मङ्सिर ५ गते शुक्रवार
