२०८३ असार १० गते बुधवार

एकैदिन तुलसीपुुरका दूई व्यक्तिको कोरोनाका कारण मृत्यु

दाङ, मंसिर ४ । दाङ तुलसीपुर उपमाहानगरपालिका वडा नं। ६ का दूई व्यक्तिको एकै दिन कोरोना भाइरसका कारण मृत्यु भएको छ ।

एक जना ५६ बर्षीय र अर्का ८१ बर्षीय पुरुषको बाँकेमा उपचारका क्रममा बिहीवार मृत्यु भएको छ ।

तुलसीपर उपमहानगरपालिका वडा नं। ६ का ८१ बर्षीय पुरुषको विहीवार विहान साढे ३ बजे भेरी अस्पताल नेपालगञ्जमा र तुलसीपुर ६ का ५६ वर्षीय पुरुषको विहीबार बिहान साढे दूई बजे कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठामा पिसिआर परीक्षणका क्रममा ८१ बर्षीय पुरुषलाई कात्तिक २९ गते संक्रमन पुष्टि भएको थियो भने ५६ बर्षीय पुरुषलाई कात्तिक २५ गते कोरोना संक्रमन पुष्टि भएको तुलसीपुरका कोरोना फोकल पर्सन विमल केसीले जानकारी दिए ।

८१ बर्षीय पुरुष संक्रमन पुष्टि भएकै दिन उपचारका लागि भेरी अस्पतला लगिएको थियो भने ५६ बर्षीय पुरुष कात्तिक २५ गते रिपोर्ट आएपछि होम आइसोलेसनमा बसेका थिए ।

उनको स्वास्थ्यमा समस्या उत्पन्न भएपछि कात्तिक २७ गते कोहलपुर मेडिकल कलेजमा उपचारका लागि लगिएको थियो ।

स्वास्थ्यमा सुधार नआएपछि उपचारका क्रममा उनको मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

यो संगै बाँकेमा हालसम्म बाँकेमा ७७ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ । बाहिरी जिल्लाबाट उपचारका लागि पुगेका ४१ जना र बाँके जिल्लाका थप ३६ जनाको मृत्यु भइ सकेको फोकल पर्सन श्रेष्ठले बताए ।

प्रकाशित मिति : २०७७ मङ्सिर ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *