२०८३ असार १० गते बुधवार

खरिबोटमा गुडिरहेको बसवाट लडेर एक युवकको मृत्यु

दाङ, मंसिर ३ । सल्यानमा गुडिरहेको बसबाट खसेर एक जनाको मुत्यु भएको छ । बाफुखोलाबाट दाङ तुलसीपुरका लागि छुटेको ना ५ ख १००१ नम्बरको बसको ढोकावाट खसेर बागचौर नगरपालिका वडा नं. ११ का २१ बर्र्षीय एकराज खड्काको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएसपी बिकाश थापाले जानकारी दिए ।

बान्ता गर्न भनेर विहान ११ बजेतिर बसको ढोकामा गएका उनको सन्तुलन गुमाउन पुग्दा खसेपछि गम्भीर घाइते भएका थिए ।
उनलाई बागचौरस्थित जनप्रिय पोलिक्लिनिकमा प्राथमिक उपचार पछि थप उपचारको लागि सल्यान खलंगास्थित जिल्ला अस्पतालमा लगिएको थियो ।

घाइते खड्काको उपचारको क्रममा बुधवार दिउँसो १ बजेतिर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
चालक र गाडीलाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७७ मङ्सिर ३ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *